पुष्पसदनमा पुरस्कार वितरण

आदर्श समाज संवाददाता
माघ २८, २०७५

पोखरा, २८ माघ । पोखरा —११ फूलवारी स्थित पुष्पसदन एकेडेमीले सरस्वती पूजा,अक्षरारम्भ एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

श्रीपन्चमी अर्थात् वसन्त पञ्चमीको दिन विद्यालयको परिसरमा अवस्थित सरस्वतीको मन्दिरमा विद्यार्थी, शिक्षा र अभिभावकले पूजा गरेका थिए ।

सो अवसरमा विद्यालय प्रवेश गर्ने उमेर समूहका स—साना बालबालिकालाई अक्षरारम्भ गराइएको थियो । अक्षर चिन्ने तथा लेख्न सिक्ने शुभ साइत पारेर करिब चालीस जना बालबालिकालाई अक्षरारम्भ एवम् भर्ना गराइएको वताइएको छ । साथै गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ण विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयका प्राचार्य भिमप्रसाद न्यौपानेले सभापतित्व उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै