पोखरा, २६ माघ। लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लब पोखरामा उपाधि यात्राबाट बाहिरिएको छ । छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको पोखरा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली क्लबसँग सडन डेथको शिकार बन्दै उपाधि विमुख बनेको हो ।
विजयी क्यामरुनी टिमले अब उपाधिका लागि आइतबार विभागीय एपीएफ टिमसँग फाइनल खेल्नेछ । जारी प्रतियोगितामा पछिल्ला लगातार ३ खेल टाइब्रेकरसम्म धकेलिए ।
शनिबार निर्धारित ९० मिनेट खेलमा दुवै टिमको १–१ बराबरी भएपछि ३० मिनेट थपहुँदै टाइब्रेकरमा पुगेको थियो ।
सडनडेथमा मनाङका बिमल रानाको प्रहार क्रसबारबाट बाहिरिन पुग्नु नै दुर्भाग्य बन्यो । यसअघि मनाङकै सुरज बिकको बल बारमा लागेर रिवाउण्ड भएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी भएकोमा डफिन्सको लागि वीलमको पहिलो प्रहार बाहिरिए पनि क्रमशः वीयीक, एक्वीम, सिलो मार्टिन्स, औरेल एनामी र क्याप्टेन जो एङ्गौलाको सुटआउट गोलमा परिणत भएका हुन्। मनाङका लागि सुजल श्रेष्ठ, अञ्जन बिष्ट, कमल श्रेष्ठ र हेमन गुरुङको पेनाल्टी प्रहार सफल भएको थियो ।
प्रतियोगितामा अमेर्ल अहन्दा म्यान अफ दी म्याच घोषित भए । उनलाई पूर्व मन्त्री एवं समाजसवी उत्तम पुनले ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे । यस्तै पूर्व मन्त्री पुनले आयोजक एन्फा कास्कीलाई नगद ५० हजार प्रदान गर्ने घोषणा गरे ।
खेलको ६६ औं मिनेटमा पाहुना टोलीले अग्रता लिएकोमा १५ मिनेट नबित्दै मनाङले बराबरी खेलेको थियो । डफिन्सका यान्निकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
मनाङका लागि भने खेलको ८० औं मिनेटमा अञ्जन बिष्टको पासमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गरेका थिए ।
यसअघि एपीएफ पहिलो सेमिफाइनलमा जापानको रिस्सो युनिभर्सिटीको टीमलाई टाइब्रेकरमा ४–१ गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की अध्यक्ष मिलन गुरुङले जनाए । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगितामा ५ विधा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१