काठमाडौँ, २४ माघ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले समाजमा हुने धेरै घटना घरेलु मदिराका कारण भएको भन्दै कार्यालयले घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान चलाएको जानकारी दिए ।
समाजमा हुने हत्या, हिंसा, बलात्कार, झँैझगडा मदिराका कारण हुने गरेको हो, उनले भने —मदिरा सेवनका कारण अपराधका घटना बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउँदै आएको छ ।
कार्यालयले घरेलु मदिरा बनाउनका लागि प्रयोग हुने एक लाख २१ हजार ५७५ केजी कच्चा पदार्थसमेत नष्ट गरेको छ । नष्ट गरिएका सामग्रीमा काठमाडौँबाट एक लाख १८ हजार २५५ र ललितपुरबाट तीन हजार ३२० रहेका छन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१