लण्डन, २३ माघ (रासस÷सिन्ह्वा) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जाने अपेक्षा गरिएको छ ।
डिसेम्बर महिनामा हुने नाटो शिखर सम्मेलनमा सहभागी हुन उनी बेलायत जाने अधिकारीहरूले बताएका छन् । राष्ट्रपति भएपछिको पहिलो भ्रमण गत बर्षको जुलाईमा गर्दा उनी विरुद्ध व्यापक प्रदर्शन भएको थियो ।
नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बुधबार जारी गरेको वक्तव्यमा डिसेम्बरमा शिखर सम्मेलन गर्ने सहमती भएको उल्लेख गरिएको छ । सुरक्षा चुनौती र नाटोले मानिसलाई सुरक्षित राख्न कसरी सक्छ भन्ने बारेमा शीर्ष नेताहरू बीच छलफल हुने वक्तव्यमा लेखिएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयद्धारा बुधबार जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री थेरेशा मेले सो सम्मेलनलाई ‘महत्वपूर्ण अवसर’को रूपमा लिइएको उल्लेख छ ।
विश्वको आधुनिकीकरणका लागि नाटोको शिखर सम्मेलन महत्वपूर्ण हुने उनको विश्वास छ। नाटोको इतिहासमा बेलायतले मुख्य भूमिका खेल्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१