पोखरा, २३ माघ । स्याङ्जा फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाको ४४ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ।
फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नगरी शिक्षा प्रदान गर्न सुझाव दिए ।
गाउँपालिका उपाध्यक्ष देवी थापाले शैक्षिक वातावरण, शिक्षक, अभिभावक र विद्यार्थी एक अर्काका परिपूरक भएको भन्दै अभिभावकले पनि विद्यार्थीको पढाइ तथा विद्यालयबारे समय–समयमा जानकारी लिनुपर्ने बताइन्।
कार्यक्रममा वडाध्यक्ष हिमालयजंग बानियाँ, सिद्धार्थ माविका स्रोतव्यक्ति लक्ष्मण शर्मा पनेरु, पूर्व शिक्षक दिवाकर सुवेदी लगायत बोलेका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ मनोजकुमार शर्माले शैक्षिक प्रतिवेदन, लेखापाल दीपक पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक शोभाकान्त शर्मा, लिलाप्रसाद पराजुली र समीक्षा पौडेलले संयुक्त गरेका थिए ।
यस्तै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१