एनआइसी एशियामा जलजलामा

एजेन्सी
माघ २२, २०७५
nic_Fotor

पोखरा, २१ माघ। निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एनआइसी एशिया बैंकले पर्वतको जलजला गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ।

जलजला गाउँपालिका वडा ३, वारीवेनी शाखाको सोमबार गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले शाखा उद्घाटन गरे।

मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउन सफल हुनु एनआइसी एसिया बैंकको सकारात्मक पक्ष भएको धारणा राखे।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केेदारनाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, उद्योग वाणिज्य संघ जलजला उपशाखाका निमित्त उपप्रमुख चित्रराज रेग्मी, समाज कल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक ओमबहादुर जिसी, एनआइसी एसिया बैंक वारीवेनी शाखा प्रमुख गणेश पौडेल, जलजला गाउँपालिका वडा ३ का कावा अध्यक्ष शशी शर्मा लगायतले बोलेका थिए।

बैंकको शाखा सञ्जाल देशभर २ सय ७५ पुगेको छ। ‘बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले बैंकले धेरै सफलता पाएका छ,’ क्षेत्रीय प्रबन्धक शर्माले भने। बैंकले २ सय ८९ वटा एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ इकाइ मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार पुगेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width