पोखरा, २१ माघ । सरकारले प्रशासन सेवा समूहका उपसचिवलाई समायोजन भएको पत्र दिने तयारी गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले आठ सय २४ जना उपसचिवलाई समायोजन गरिने बताए। उपसचिवलाई संघ (केन्द्र सरकार) मातहत नै रहने गरी समायोजनको पत्र दिन लागिएको हो।
मन्त्रिस्तरीय निर्णयबाट उपसचिवलाई समायोजन गर्न लागिएको हो, पनेरुले भने, ’समायोजन भएको पत्र अनलाइनमा राख्छौं।’ मन्त्रालयले समायोजनमा जान भन्दै पुस ११ गते २१ दिने सूचना निकालेर आवेदन मागे पनि २२ जना उपसचिवले आवेदन दिएका थिएनन्। आवेदन नदिने उपसचिवलाई पनि समायोजन गरिने मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्को स्वीकृतिमा मन्त्रालयले ५६ जना सचिवलाई समायोजनको पत्र दिएको थियो। सचिवहरू संघ अन्तर्गत कार्यरत रहेकै स्थानमा यथावत् रहने गरी समायोजन भइसकेका छन्। सहसचिवलाई पनि समायोजन गर्ने तयारीमा मन्त्रालय जुटेको पनेरुले जानकारी दिए।
सहसचिवलाई समायोजन गर्न पत्र बनेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको छ। सोमबार बस्ने मन्त्रिपरिषदले समायोजन गर्ने बाटो खोल्नेछ। त्यसपछि सहसचिवलाई समायोजन भएको पत्र दिने उनले बताए। सहसचिवको दरबन्दी पनि संघ मातहत छ।
सहसचिव समायोजन गर्न पत्र मन्त्रिपरिषदमा पठाएका छौं,’ उनले भने, ’छ सय ६२ जना सहसचिवलाई समायोजन गर्छौं।ल सरकारले फागुन ३ गतेसम्म सबै तहमा कर्मचारी समायोजन भइसक्ने गरी कामलाई तीव्रता दिएको छ।लगत्तै अधिकृतहरूलाई समायोजन गर्ने तयारीमा मन्त्रालय छ।७७ हजार निजामती कर्मचारी र अन्य सेवाका कर्मचारीले समायोजन प्रक्रिया रोजेका थिए।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१