चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
chelsea vs sheffield weinstein

पोखरा, १४ माघ : चेल्सी सेफिल्ड वेनस्डेलाई पराजित गर्दै एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको चौथो चरणको खेलमा चेल्सीले सेफिल्ड वेनस्डेलाई ३–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा विलियनले दुई गोल गरे । त्यस्तै कालुम हुड्सन ओडोईले एक गोल गरे ।

२६ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा चेल्सीले एक गोलको बराबरी खेलेको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । चेल्सीका लागि हुड्सनले ६४ औं मिनेटमा गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा विलियनले अर्को गोल गर्दै चेल्सीलाई ३–० गोलको जित दिलाए ।

त्यस्तै अर्को खेलमा भने टोटनह्याम क्रिस्टल प्यालेससँग २–० गोलले पराजित हुदै एफए कपबाट बाहिरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width