काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले केन्द्रीय कार्यसमिति बैठकले सरकारको अकर्मण्यताको विरोधमा माघ २१ गते ७७ वटै जिल्लामा विरोध सभा गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले चिकित्सा शिक्षा विधेयक पारित गर्नका लागि सत्ता पक्षले गरेको जवरजस्ती, चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि आमरण अनशनरत डा. गोविन्द केसीप्रति देखाएको व्यवहार, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याराको खोजीमा सरकारले गरिरहेको ढिलासुस्तीको विरोधमा आन्दोलन घोषणा गरेको उनले बताए ।
बैठकमा नेता गुरुङ र अर्जुननरसिंह केसीले मुलुकमा भ्रष्टाचार बढेकाले व्याप्त भ्रष्टाचारलाई एजेण्डाका रुपमा उठान गरेर आन्दोलनमा जानु पर्ने माग गरेका थिए । ‘हामी दुई जनाले सभापतिज्यूसँग समय मागेर मुलुक भ्रष्टाचार गाँजिदै गएकाले भ्रष्टाचार काण्डलाई कुनै पनि हालतमा एजेण्डा नै बनाएर लैजानुपर्ने माग स्ट्रङ्ली राखेका छौं,’ नेता गुरुङले भने ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१