घाइते प्रजिअलाई काठमाण्डौ लगियो

रासस
माघ १४, २०७५

काठमाण्डौं, १३ माघ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराइलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । कैलास हेलिकप्टर सर्भिसेजको ९ एन एजेजे हेलिकप्टरबाट उनलाई आइतवार काठमाडौं लगिएको हो ।

दुर्घटनामा परेका  भट्टराईलाई ग्रान्डी अस्पतालका क्रिटिकल केयर स्पेसलिष्ट डा. अजय थापासहितको टोली आएर काठमाडौं लगेको हो । उनी चढ्दै आएको जिल्ला प्रशासन कार्यालय बाराको ना १ झ १६३३ नम्बरको गाडी शनिबार बेलुका दुर्घटना भएको थियो । दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा न्युरो सर्जन डाक्टर फिरोज अफजल नेतृत्वको चिकित्सक टोलीले राति नै प्रजिअ भट्टराईको टाउकोको शल्यक्रिया गरी जमेको रगत निकालेको थियो ।

प्रजिअ भट्टराईको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अस्पतालका प्रबन्ध निदेर्शक अबुलेस अन्सारीले प्रजिअ भट्टराईको जीवन रक्षाका लागि अस्पतालले सकेसम्मको कोशिष गरेको बताए ।

‘टाउकोमा जमेको रगत शल्यक्रिया गरेर निकालिएको छ । ४ पिन्ट रगत पनि चढाएका छौं । बिपी नर्मल देखिएको छ,‘ उनले भने, ‘अवस्था सुधारउन्मुख छ, भाइटल स्टेबल अवस्थामा छन् ।

कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनीकमा सहभागी भइ निजगढबाट र्फकने क्रममा पसाहा पुल नजिकै हाइवेमा गाडी दुर्घटना भएको थियो । रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका प्रमुख जिल्ला अधिकारी भट्टराईका अंगरक्षक सञ्जय यादव, शम्भु गुरुङ र सवारी चालक जगत पटेलको अवस्था भने सामान्य छ ।

Related News

सम्बन्धित समाचार

hero news full width