खुशीमान र मिलन सम्मानित

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
news 1_Fotor

पोखरा, १३ माघ : तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमान गुरुङ र फोटो पत्रकार मिलन गुरुङलाई सम्मान गरिएको छ ।

मिलन डी.जी.इन्टरनेशनल प्रा.ली. र तमुस्यो रि च्हमी परिवारले शनिबार उनीहरुलाई सम्मान गरेको हो । गुरुङ चलचित्रको  बजार प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित भएपछि बोल्दै तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमान गुरुङले नेपालमा पाएको सम्मानले आफूलाई निकै खुशी लागेको बताएका छन् ।

मिलन डी.जी. इन्टरनेशनल प्रालिका प्रवक्ता रूद्रबहादुर श्रीसले मिलन डी.जी. इन्टरनेशनलको ब्यानरमा निर्मित पहिलो चलचित्र “भेडी गोठाले”को बेलायत प्रदर्शनका लागि आयोजक बनेर महत्वपूर्ण सहयोग गरेकोमा तमु प्ये ल्हु संघ, बेलायत प्रति आभार व्यक्त गरे । फोटो पत्रकार मिलन गुरुङले प्रचार प्रसारमा पुर्याएको योगदान प्रति समेत उक्त अवसरमा आभार व्यक्त गरिएको छ । प्रचारप्रसारमा सहयोग तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले तमुस्यो रि च्हमी परिवारले गर्दै आएका सामाजिक कार्यका बारेमा जानकारी गराएकी थिईन् ।

सम्मानसँगै तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमान गुरुङले तमुस्यो रि च्हमी परिवारलाई ११ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

तमु प्ये ल्हु संघ, बेलायतको आयोजनामा बेलायतमा सामुदायिक भवन तथा क्होइबो धिं निर्माण सहयोगार्थ मिलन डी.जी. इन्टरनेशनल प्रालिको ब्यानरमा निर्मित पहिलो चलचित्र “भेडी गोठाले” प्रदर्शन गरिएको थियो । जसमा तमु चलचित्र प्रदर्शनबाट १ हजार ५ सय पाउण्ड र चलचित्रका कार्यकारी निर्माता समाजसेवी दुर्गा गुरुङ “मिलन”का तर्फबाट ५ सय पाउण्ड गरी जम्मा २ हजार पाउण्ड तमु प्ये ल्हु संघ, बेलायतलाई हस्तान्तरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width