जन्मदिनमा शर्माको सहयोग

आदर्श समाज सम्वाददाता
माघ ११, २०७५
prakash_Fotor

पोखरा, १० माघ । गण्डकी प्रदेश उपसभामुखका स्वकीयसचिव प्रकाश शर्माले आफ्नो २८ औं जन्मदिनमा विपन्न वर्गका विद्यार्थी एवम् व्यक्तिलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेका छन् ।

शान्तिघाट टोल विकास संस्थाद्वारा विहीवार आयोजित कार्यक्रममा उनले पाँच जना विद्यार्थीलाई स्टेशनरी सामाग्री र छ जना व्यक्तिलाई जनही एक बोरा चामलसहित न्यानो कपडा प्रदान गरेका हुन् । सो सहयोग गर्न पाउँदा आफू हर्षित बनेको बताउँदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने शर्माले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य कृष्णबहादुर थापाले जन्मोत्सवमा फजुल खर्च कटौती गरी भएको सहयोग अनुकरणीय हुने बताए।पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षेत्रीले यस कार्यले समाजमा आपसी भाइचारा बढाउने बताए । टोल विकास संस्था अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी दामोदर शर्मा, हरिकृष्ण भट्टराई, शान्तिघाट आमा समूह अध्यक्ष नीरु रानाभाट र लक्ष्मी पहारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै