पोखरा, १० माघ । सुनसरीको ऐतिहासिक वराहक्षेत्रस्थित चतराधाममा महायोगी सिद्धबाबा वैष्णव कृष्णदासजी महाराजको सत्सङ्कल्पमा राम तारक ब्रम्ह महायज्ञ माघ २७ गतेदेखि हुने भएको छ।
महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको जगत्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ सिद्ध महायोग ध्यान केन्द्र पोखराका अध्यक्ष भोला बरालले जानकारी दिए।
साथै राष्ट्रपति भण्डारीद्वारा माघ २६ गते महायोगी सिद्धबाबा वैष्णव कृष्णदासजी महाराजबाट दीक्षित साधक साधिकाको करिब ८ करोडको लागतमा जगत्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाममा निर्माण गरिएको सुविधासम्पन्न एक सय २६ कोठाको आवास गृहको समेत उद्घाटन गर्ने कार्यक्रम छ । सो आवासको क्षमता २ हजार ५ सय रहेको छ।
महायज्ञमा देश विदेशमा रहेका १२ सय साधक साधिकाहरुले एक अर्ब ६० करोडको मन्त्र जप अनुष्ठान गरिरहेका पनि बरालले जनाए । महायज्ञमा देशविदेशबाट आउने सन्तमहात्मा एवम् जगत्गुरुहरुको दीव्य समागमका साथै अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत उपस्थिति रहने भएकोले आत्मिक भौतिक लाभ प्रदान हुने सो महायज्ञमा सहभागी हुन महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारी आग्रह गरेका छन्।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१