सभामुख कपको उपाधि एपीएफले चुम्यो

आदर्श समाज सम्वाददाता
माघ ७, २०७५
volley

पोखरा, ६ माघ।शसस्त्र प्रहरी बलको एपीएफ क्लबले दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि चुमेको छ ।

शनिवार भएको नेपाल पुलिससँगको उपाधि भिडन्तमा एपीएफले ३–१ को सेटमा पराजित गदै च्याम्पियन बनेको हो ।

एपीएफले पुलिसविरुद्ध पहिलो सेटमा २५–८ को सहज जित निकाल्यो । पुलिसले  दोश्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ ले आफ्नो नाममा लेखाउँदै खेल १–१ को बराबरीमा ल्याउन सफल भयो । एपीएफले तेश्रो र चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसलाई २५–१७ र २५–१७ को स्कोरमा रोक्दै उपाधि उचाल्यो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई २५–१४,२१–२५,२५–१४ र २५–१७ को सेटमा हरायो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको संयोजनमा संचालन भएको प्रतियोगितामा विजेता एपीएफले ३ लाख ५० हजार, पुलिसले १ लाख ७० हजार, प्रदेश ३ ले १ लाख र चौथो हुने गण्डकी प्रदेशले सान्त्वना स्वरुप ५० हजार प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरीले नगद १० हजार प्राप्त गर्दा बिद्यागततर्फ प्रदेश ३ की प्रतिभा मालीले बेष्ट स्पाईकर, पुलिसकी कमला पुनले बेष्ट सेटर र शान्ति तामाङले बेष्ट डिफेन्सको उपाधि जिते।

त्यस्तै गण्डकी प्रदेशकी अरुणा शाहीले बेष्ट सर्भरको उपाधि जित्दा एपीएफकी हिरा केसीले बेष्ट ब्लकरको उपाधि हात पारिन् । एपीएफकै ज्ञानेन्द्र बिष्ट बेष्ट कोच चुनिए । बिद्यागतर्फका सबै उत्कृष्टले जनही ५ हजार हात पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै