स्याङ्जा, ५ माघ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले शनिवार पुतलीबजार नगर सरसफाई गरेको छ ।
युवा रेडक्रस सर्कलको सकृयतामा बजारमा देखिएका फोहोर मैला ब्यवस्थित गर्न सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा रेडक्रस स्याङ्जा शाखाका सभापति भुवनबहादुर पौडेलले रेडक्रस सोसाइटीले बिभिन्न सामाजिक कार्य गर्दै आएको र यस्ता कार्यक्रमलाई ११ वटै स्थानीय तहमा लैजाने जानकारी दिए ।
सहिदचोकबाट सुरु भएको सरसफाई कार्यक्रम रेडियोचोक, हुलाकरोड, वीपीचोक, अभियानपथ, मालपोतलाइन हुँदै पुनः सहिदचोकमा आएर समापन गरिएको थियो ।
सरसफाई कार्यक्रममा नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, वडाअध्यक्ष निर्मलकुमार शेरचन, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रसका मन्त्री दिनेश अर्याल, समाजसेवी राजकुमारी गुरुङ, स्याङ्जाबजार उपशाखाका सभापति बन्दना लम्साल, सुरक्षाकर्मी, जुनियर रेडक्रसकर्मीहरु, नवेर्जियन रेडक्रसकर्मी सुस्मिता र गौरीलगायतको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१