नाटकको नाफा पोखरा वृद्धाश्रमलाई

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
Jayagan Natak_Fotor

पोखरा, ३० पुस । साहित्य, कला समाजसँग जोडिएन भने त्यसको सार्थकता कम हुन्छ । साहित्य, नाटक, संस्कृतिलाई समाजले सघाउनै पर्छ । पोखराका तन्नेरी रंगकर्मीले नाटक मञ्चन गरेर त्यसबाट संकलित रकमबाट वृद्धाश्रमलाई सहयोग गरेका छन् । ओथेलो नाटक समूह पोखराले पुस ६ र ७ गते पोखरा वृद्धाश्रमको सहयोगार्थ नाटक ‘जयगान’ मञ्चन गरेको थियो ।

समूहका अध्यक्ष आशीष अधिकारी, लेखक कृष्ण उदासी र रंगकर्मी हेमन्त हितैषीलगायतले पोखरा वृद्धाश्रम सीतापाइलामै पुगरे वृद्धाश्रम अध्यक्ष टीकाबहादुर भण्डारी र सहसचिव बुद्धिप्रसाद पौडेललाई  १० हजार रुपैयाँ प्रदान गरे । समूहले लेखक, भेषभूषा, शृंगार, व्यवस्थापक, संगीत संयोजक, स्वंसेवक र कलाकारलाई पनि पारिश्रमिक दिएको छ ।

वृद्धाश्रमका अध्यक्ष भण्डारीले सामाजिक चेतनासहित नाटक मञ्चन गरी वृद्धाश्रमलाई सघाउने सराहनीय भएको बताए । नाटककार कृष्ण उदासीले ओथेलोले मञ्चन गरेको ‘जयगान’ पोखरामा पहिलो नाटक मञ्चन भएको प्रयोगवादी नाटक भएको बताए । उनले भने, ‘जयगान’ जति जटिल छ, त्यति सहज तरिकाबाट निदेर्शन र अभिनय गरेर यो टिमले जति न्याय दियो । त्यसबाट म सन्तुष्ट छु ।’

ओथेलोका अध्यक्ष आशीष अधिकारी नेपाल नाटकलाई व्यवसायिक र स्तरिय बनाउन समूह प्रतिवद्ध रहेको बताए । उनले समाजलाई रंगमञ्चसँग जोडेर नेपाली नाटकको श्रीवृद्धिमा लाग्ने संस्थाको उद्देश्य भएको बताए । अधिकारीले ‘जयगान’ निदेर्शनसहित अभिनयसमेत गरेका थिए ।

ओथेलोका सचिव सबु पाठक कलाकारलाई रंगमञ्चले नै बचाउन सक्ने परिस्थिति निर्माण हुँदै गएको बताइन् । दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित भएको उल्लेख गदै उनले रंगमञ्चमा समूह निरन्तर क्रियाशील रहने प्रतिवद्धतासमेत गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै