विद्यार्थीलाई न्यानो कपडा

आदर्श समाज सम्वाददाता
पौष २६, २०७५
help

पोखरा, २५ पुस।  लायन्स क्लब अफ पोखरा लामाचौर र सच्चाइको सत्संग पोखरा–१९ को संयुक्त आयोजनामा लेखनाथ आरुपाटास्थित लेखनाथ आवासीय विद्यालयमा र वडा २७ को कविशिरोमणि लेखनाथ आधारभूत विद्यालयमा न्यानो पोशाक, शैक्षिक सामग्री र कम्प्युटर वितरण गरिएको छ।

लायन्स क्लब अध्यक्ष सञ्जय लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष ज्ञानु पाख्रिन, क्लब सहसचिव सिर्जना कार्कीले सो सहयोगबाट विद्यार्थी निकै खुसी भएको जानकारी दिइन्।

यसैबीच, ती संस्थाले मानव सेवा आश्रम, छोरेपाटनमा ५ बोरा चामल र १ थान ह्वीलचियर सहयोग गरेका छन्। कार्यक्रममा लायन्सका जोन चेयरपर्सन गोविन्द शाहीले क्लबले गरेको सामाजिक कार्यको प्रशंसा गरे।

Related News

सम्बन्धित समाचार

hero news full width