लेखनाथ, २४ पुस। प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले भाषा र संस्कृति संरक्षण गने दायित्व राज्यको भएको बताएका छन्।
ङ्योए तमु धिं लेखनाथले तमु फो ल्होसार अवसरमा लेखनाथमा मंगलबार आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा भामुख महराले त्यस्तो बताएका हुन्।
उनले भने, “नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले ती सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो ।”
सभामुख महराले आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिबीच संगठित हुनु आवश्यक रहेको उल्लेख गदै एकले अर्कालाई सम्मान गने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीको विकासले मात्र हाम्रो मौलिक भाषा र संस्कृतिको संरक्षण हुन्छ भने ।
भारतीय दूतावासका डा अजय कुमारले नेपाल र भारतबीच युगौदेखि चलिआएको सम्बन्धलाई आगामी दिनमा अझ बढी सबल, सुदृढ र प्रभावकारी बनाउनुपनेमा जोड दिए । उनले भूपू सैनिकहरुको साझेदारीमा भारतीय राजदूतावासले खानेपानी, स्वास्थ्य र विद्यालय क्षेत्रमा सहयोग गदै आएको धारणा राखे ।
ङ्योए तमु धि लेखनाथका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष प्रेम लस्करी, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, तमु धिं कास्की अध्यक्ष कर्मा गुरुङ, उपराष्ट्रपति विदेश विभाग प्रमुख जीवन गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, संयुक्त गोर्खा भूपू सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङ र काशीमाया गुरुङ लगायतले तमु ल्होसार अवसरमा सबैमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सगरमाथा टेलिभिजन र ङ्योए तमु धि लेखनाथतर्फबाट विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रम संचालन महासचिव सु. मेघबहादुर गुरुङ र स्वागत मन्तव्य उपाध्यक्ष बुद्धिबहादुर गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१