कोमागानेका उपप्रमुख र विद्यार्थीलाई स्वागत

आदर्श समाज सम्वाददाता
पौष २३, २०७५
Pokhara Mahanagarpalika Komagane

पोखरा २२ पुस । पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका उपप्रमुख र विद्यार्थीहरुको टोलीलाई पोखरामा स्वागत गरिएको छ।

कोमागाने शहरका उपप्रमुख मासारु होरी उचीको नेतृत्वमा आएको १६ सदस्यीय टोलीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी हुन् ।

टोलीमा उपप्रमुखसहित विद्यार्थी र शिक्षकहरु छन् । उपप्रमुख गुरुङले होरीउचीलाई पोखराको चिनोको रुपमा भाङ्ग्रा लगाइदिएकी थिइन् ।

स्वागत कार्यक्रममा बोल्दै गुरुङले कोमागाने पोखराबीच भगिनी सम्वन्ध स्थापना भएको १८ वर्ष वितेको बताउँदै उपप्रमुख र विद्यार्थीसहितको भ्रमणले सम्वन्धलाई अझै प्रगाढ बनाउने विश्वास ब्यक्त गरिन् ।

‘भ्रमणले दुई शहरको सांस्कृतिक र शैक्षिक विकासबारे अनुभब आदान प्रदानमा सहयोग पुग्छ,’ उपप्रमुख गुरुले भनिन्, कोमागानेका विद्यार्थी मात्रै नभएर यहाँका विद्यार्थीहरु पनि जाने अवस्था भए विकास, प्रविधि र शिक्षाबारे सिक्ने अवर मिल्नेथियो ।’

कोमागाने शहरका उपप्रमुख मासारु होरीउचीले आफू पहिलो पटक नेपाल आएको बताए । उनले आफूहरुको भ्रमणले दुई शहरवीचको सम्वन्धलाई अझै बलियो बनाउदै सहयोग आदान प्रदानमा सहजता हुने बताए ।

कार्यक्रममा पोखरा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले पोखरा सुन्दर शहर भएको बताउँदै भ्रमण सुखद र सफल रहोस भन्ने कामना गरे ।

पोखरा कोमागाने नागरिकमैत्री एशोसियसनका अध्यक्ष शारदामोहन काफ्लेले जापानबाट आएका विद्यार्थीहरुलाई तीन दिनसम्म होमस्टेमा राखिने बताए। उनीहरुलाई यहाँको मौलिक अवस्थाको जानकारी गराउने उद्देश्यले घरघरमा राख्ने ब्यवस्था गरिएको बताए । कार्यक्रममा महानगरका सरसफाई शाखा प्रमुख कल्पना बराल र सविता ढुङ्गानाले बोलेका थिए । टोली तीन दिनसम्म पोखरामा बस्ने र यहाँका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै