ल्होसारमा डीआइजी बोहराको शुभकामना

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५
Dan Singh Bohara, Lhochhar_Fotor

पोखरा, १५ पुस । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दानसिंह बोहोराले नेपालमा मनाइने विभिन्न चाडपर्वहरुले सबै जातजाति र भाषाभाषीहरुलाई एकसुत्रमा बाँध्ने बताएका छन्।

उनले चाडपर्वले राष्ट्रिय स्वाधिनता बलियो बनाउनुका साथै शान्ति र स्थिरता कायम गर्न ठूलो भूमिका खेल्ने उल्लेख गरे । देश विकासको यात्रामा चाडपर्वले अघि बढाउनसमेत ठूलो भुमिका खेल्ने बताए ।

तनहुँ तमु समाज पोखराले ल्होसारको अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बोहराले शुभकामना दिए, ‘नेपालमा मनाइने हरेक चाडपर्वहरुको आफ्नै महत्व हुने र संपूर्ण जातजाति मिलेर बनेको नेपाली समाजलाई यस्ताखाले चाडपर्वले सुसंस्कृत एवं सभ्य समाज निर्माण गरी भाईचारासमेत बढाउनेछ ।’

तनहुँ तमु समाजका अध्यक्ष क्या. शुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बोहोराले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

४ नं. प्रदेश नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कान्ता बोहोराको विषेश आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि र विषेश अतिथि बोहोराले तनहुँ तमु समाजअन्तर्गत विभिन्न बिधामा यसवर्ष उत्कृष्ट भएका विधार्थी एवं व्यक्तिहरुलाई नगद तथा प्रशंसापत्रले सम्मान समेत गरे ।

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आइतबार ल्होसार पर्व मनाउँदैछन ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले गुरुङ समुदायले पुस १५ लाई नयाँ वर्षको रुपमा ‘ल्होसार’ पर्व मनाउँदै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width