२७ औं त्रिवेणी कप शुरु

आदर्श समाज सम्वाददाता
पौष १३, २०७५
triveni cup

लमजुङ, १२ पुस । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि असम्भव भएको दाबी गरेका छन् ।

वेशीशहरमा आयोजित २७ औं त्रिवेणी कप फुटबल प्रतियोगिता विहीवार उदघाटन गर्दै मन्त्री विश्वकर्माले परम्परागत सोचमा खेलकुदले प्राथमिकता नपाएकोमा अबका दिनमा भने त्यस्तो नहुने बताए ।

उनले सबै स्थानीय तहमा एक खेलकुद मैदान निर्माण गर्ने, त्यसका लागि पहाडीमा २५ रोपनी जग्गा र तराईमा दुई विघा जमिन प्रबन्ध गर्न स्थानीय सरकारलाई अनुरोध गरिएको मन्त्री विकले बताए। उनले भने, ‘त्यस्तो खेल मैदान निर्माणका लागि स्थानीय सरकारले ३० र संघीय सरकार ७० प्रतिशत बजेट लगानी गर्न तयार छ।’

वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले लमजुङमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गर्न सके खेलको विकास र खेलाडीहरूले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना हुने बताए।

कार्यक्रममा नेकपाका कृष्णप्रसाद अधिकारी, नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा र अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव विश्व पौडेल लगायतले कपको सफलताको कामना गरेका थिए। त्रिवेणी कपमा पहिलो हुने समूहलाई नगद ३ लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र तथा उपविजेतालाई नगद १ लाख ५० हजार सहित रजत पदक प्रदान गरिने र सेमीफाइनलमा पुग्ने टिमलाई नगद ५०/५० हजार दिइने क्लबका सचिव प्रवीण वाग्लेले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै