लमजुङ, १० पुस। तमु ह्योंला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, जिल्ला समितिले ल्होछारलाई राष्ट्रिय चाड मान्यता दिई मुलुकभर सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ। समितिले कालो व्यानरमा सोमबार पत्रकार सम्मेलन गरी त्यस्तो माग गरेको हो।
परिषद्का केन्द्रीय महासचिव मेन घलेले राज्यले विभेदको व्यवहार त्याग्नुपर्ने र सबै नागरिक, जाति, धर्म र सम्प्रदायलाई समान व्यवहार गर्नुपर्ने बताए। उनले धर्मसम्प्रदायको पर्वमा कसैलाई बिदा दिने र कसैलाई नदिने गर्नु विभेद हो भने।
परिषद्का केन्द्रीय सदस्य खेमजंग गुरुङले आफ्नो जातिको मूल धर्म बोन र पहिचानको धर्म बौद्धिष्ट भएकोप्रति कुनै गुरुङले द्विविधा मान्नु पर्ने अवस्था छैन, त्यसका कसैको विमति छ भने उसमा अध्ययनको कमी हो भने ।परिषद् जिल्ला उपाध्यक्ष राजबहादुर गुरुङले गुरुङ भाषा संकटमा परेकातर्फ त्यसतर्फ ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा तमु ह्योंला छोंज धिं गुरुङ राष्ट्रिय परिषद् जिल्ला अध्यक्ष ठाकुरप्रसाद गुरुङले पुस १० गतेदेखि १५ गतेसम्म बिरोध कार्यक्रमको घोषणा गर्दै माग पूरा नभएसम्म सबै कार्यक्रम कालो व्यानरमा गर्ने र ११ गते जिल्ला प्रशासन कार्यालयमा १ घण्टा घेराउ गर्ने बताए।
परिषद् जिल्ला अध्यक्ष ठाकुरप्रसाद गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन परिषद् सहसचिव गणेश गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१