बुटवल, ९ पुस। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार टिकाउन हैरानी भएको भन्दै टिप्पणी गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठनले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा उनले अरु कसैका कारणले नभइ आफ्नै पार्टीका नेताहरुका कारण ओलीलाई सरकार टिकाउन हैरानी परेको बताए।
उनले भने, ‘इतिहासकै बलियो जनसमर्थनको सरकार बन्यो भनियो तर आफ्नै पार्टीभित्रका नेताहरुका कारण ओलीलाई यो सरकार ५-६ महिना पनि टिकाउन हैरानी भएको छ।’
प्रकाण्डले अहिलेको सरकार र सरकारका मन्त्रीहरु विगतभन्दा झनै बढी भ्रष्टाचारी भएको आरोप लगाए।
‘विगतमा काँग्रेसका मन्त्रीहरुले लाख–करोडमा भ्रष्टाचार गर्थे अहिले कम्युनिष्ट पार्टीका मन्त्रीहरुले अबौर्मा भ्रष्टाचार गरिरहेका छन्,’ उनले भने, ‘यसले कम्युनिष्ट पार्टीकै वितृष्णा जगाएको छ।’ उनले ओली सरकार नाममात्रको कम्युनिष्ट पार्टीको भएको भन्दै सरकारको कार्यशैलीले कम्युनिष्टको बदनाम भएको बताए ।
उनले आफूहरु जनताको मुक्तिको लागि ज्यान हप्केलामा राखेर हिडेको पनि दाबी गरे।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१