श्रृंखला मिस वर्ल्ड फाइनलमा

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५
Nepal_Off_5_resize

पोखरा, १७ मंसिर । नेपालकी श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनल राउण्डमा पुग्न सफल भएकी छन् । मिस वर्ल्डमा नेपाल फाइनल पुगेको यो पहिलो अवसर हो ।

मिस वर्ल्डको आधिकारिक फेसबुक पेजअनुसार मिस नेपाल-२०१८ श्रृंखला मल्टिमिडिया अवार्ड जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।

विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन्।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोटो रिको र बेलायत  उत्कृष्ट ५ मा परेका थिए। त्यसमध्ये फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याको नाम परेको थियो। मेक्सिको र केन्यालाई पनि पछि पार्दै श्रृंखलाले अवार्ड हात पारेकी हुन्।

आइतबार ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी थिइन् । मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधामा उनले अवार्ड जितेर फाइनलका लागि अन्तिम ३० मा छानिनु पर्ने थियो।

अन्ततः नेपालको नाम चम्काउँदै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड-२०१८ को फाइनल पुगेकी हुन् । विभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फ्लोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषणा गरिएको जनाइएको छ ।

यसैगरी, सान्या टुरिज्म भिडियो च्यालेन्समा उनी तेस्रो स्थानमा रहेकी छन् । प्रतियोगिताको फाइनल डिसेम्बर ८ अर्थात यही शनिबार हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width