टप्सलाई जेपीक्रस बास्केटबल उपाधि

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५
Tops Boys_Fotor

पोखरा, १७ मंसिर। कास्की जिल्ला बास्केटबल संघद्वारा आयोजित १६ औं कर्ण्र्ााल जेपी क्रस अन्तरविद्यालय छात्र/छात्राको बास्केटबल उपाधि टप्स माविले जितेको छ। यसअघि पनि टप्सले सो उपाधि जितेको थियो ।

सोमवार सम्पन्न छात्रतर्फ फाइनलमा टप्सले चिरपरिचित प्रतिद्वन्द्वी माउन्ट अन्नपूर्ण माविलाई ८५-४१ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो।

यता छात्रातर्फ फाइनलमा टप्सले माउन्ट अन्नपूर्ण माविलाई ४५-१३ को स्कोरले पराजित गर्दै उपाधि उचालको हो।

उपाधि विजेता टप्सले १० हजार र उपविजेता माउन्ट अन्नपूर्णले ६ हजार प्राप्त गरेको छ। छात्रतर्फ हिल पोइन्ट तेश्रो भयो भने लिटिल स्टेप छात्रातर्फ तेश्रो हुँदै ४-४ हजार प्राप्त गरेको संघका अध्यक्ष ध्वजकुमार गुरुङले जनाए।

विजेतालाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, शिक्षाप्रेमी एवम समाजसेवी कर्णेल जेपी क्रस, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, पोखरेली मञ्च युके अध्यक्ष मानप्रसाद गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, पोखरा महानगरका वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मा लगायतले पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width