पोखरा, १२ मंसिर । कास्की जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु अबदेखि सेनेटरी प्याडयुक्त हुने भएका छन्।
जसको शुरुवात पोखरा-१७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसबाट भएको छ।
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सन्दर्भमा क्याम्पसलाई सेनेटरी प्याडयुक्त क्याम्पस घोषणा गरियो।
क्याम्पसमा ३ वर्ष अगाडिदेखि पुरानो भवनमा सेनेटरी प्याड व्यवस्थापन गरिएको अब नयाँ भवनमा समेत सेनेटरी प्याड राखिएको हो ।
प्रमुख अतिथि वडाध्यक्ष तीथराज अधिकारीले कार्यक्रम उद्घाटन गर्दै वडाभित्रका सम्पूर्ण शैक्षिक संस्था चाँडै सेनेटरी प्याडयुक्त शैक्षिक संस्थाका रुपमा घोषणा गरिने प्रतिबद्धता जनाए।
त्यसै कार्यपालिका तथा वडा सदस्य राधिका शाहीले क्याम्पसले प्रशंसनीय कार्य गरेको भन्दै वडावाट समेत सहयोग गर्नेमा जोड दिइन्।
सामाजिक अभियन्ता पत्रकार सुष्मा पौडेलले सेनेटरी प्याडको अभियान कसरी र किन शुरु गरियो लगायत विषयमा सहजिकरण गरिने । उनकै पहलमा केही वर्षअघि कास्कीका एसएलसी परीक्षाका केन्द्रमा सेनेटरी प्याड व्यवस्था मिलाइएको थियो । विस्तारै सो कार्यक्रमअन्तर्गत १९ जिल्लाका सेन्टरहरुमा व्याड व्यवस्थापन गरिएको थियो।
क्याम्पस प्रमुख धर्मराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष टंकराज अधिकारीले र संचालन जमुना अर्यालले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१