पोखरा, ९ मंसिर । पोखरामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र सेतो रिवन अभियान शुरु भएको छ । विगतमा जस्तै यस वर्षपनि कास्कीलगायत गण्डकी प्रदेशको ११ वटै जिल्लाहरुमा गैरसरकारी संस्थाहरुबाट लैङ्गिक हिंसाविरुद्धको अभियान थालिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले कास्की जिल्लामा नोभेम्बर महिनाको २५ देखि डिसेम्बरको १० तारिक अर्थात मंसिरको ९ देखि २४ गतेसम्म हिंसाविरुद्धको मनाइने उक्त अभियानसम्बन्धी कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश मातहतका सबै जिल्लाहरुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउन पत्राचार गरिएको बताइन् । स्थानीय तहमा समेत अभियान मनाउनका लागि समन्वय समितिहरुलाई पत्राचार गरिएको मन्त्री पुनको भनाई थियो । अभियानलाई प्रभावकारी बनाउन संचार माध्यमहरुबाट नियमित प्रसारण र प्रकाशन गरिने मन्त्री पुनले बताइन् । उनका अनुसार राष्ट्रिय मानवअधिकार आयोगको समन्वयमा मानवअधिकार दिवससमेत यसै अभियान अन्तरगत मनाइनेछ ।
अभियानको कार्यक्रमअन्तरगत पहिलो दिन आइतबार विहान ११ बजे गण्डकी प्रदेशको सामाजिक मन्त्रालय, सहिदचोकदेखि पोखराको लेकसाइडस्थित हल्लनचोकसम्म प्लेकार्डसहितको र्याली निकालिएको थियो ।
सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा र गैरसरकारी संस्थाहरुको सक्रियतामा निकालिएको र्यालीमा महानगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, महिला समूह, गैरसरकारी संस्थाका सदस्य तथा कर्मचारीहरुको सहभागिता थियो । अभियान अन्तरगत मंसिरको २० गते महिला मानवअधिकार रक्षक सञ्जालको आयोजनामा सामाजिक मन्त्रालयमा यौनजन्य हिंशा तथा मनोसामाजिक सुरक्षा विषयमा अन्तरक्रिया कार्यक्रम हुने छ । कार्यक्रममा प्याब्सन र एन प्याब्सनमा संलग्न विद्यालयहरुका शिक्षकशिक्षिकाहरु सहभागी हुनेछन् ।
नोभेम्बर २५ देखि डिसेम्बरको १० तारिखसम्म बालकल्याण संस्थाको पहलमा लैङ्गिक हिंसाविरुद्धको विषय समेटिएको पम्प्लेट छपाई तथा प्रचार प्रसार गर्ने कार्यक्रम छ । जुन यस्तो अभियानमा सरोकारवाला सबैलाई सहभागी गराइने कार्यक्रम तय गरिएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानभरी शक्ति समूहद्धारा सेतो रिवन वितरण गर्ने कार्यक्रम छ । यस अभियानलाई प्रदेश मन्त्रालय र प्रदेशस्तरिय गरिने सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखा प्रमुख तुलसी अर्यालले जानकारी दिइन् । अभियानअन्तरगत बालकल्याण संस्था, कोपिला नेपाल र मानवअधिकार रक्षक सञ्जालको आयोजनामा पोखराको भरतपोखरी, कालिका र बैदाममा सम्बन्धित क्षेत्रका महिलाहरुको सहभागितामा महिला कानूनी सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने जनाइएको छ । यस कार्यक्रमका लागि सम्बन्धित वडाका वडा अध्यक्षहरुसंगको समन्वयमा मिति तय गर्ने जनाइएको छ । १६ दिने अभियानकै क्रममा मंसिरको २८ गते थ्रीएन्जल्स नेपालको आयोजनामा पोखरा महानगरको १०, १५ र १७ वडामा लैङ्गिक हिंसासम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिने बताइएको छ ।
उक्त दिन गैरसरकारी महासंघको आयोजनामा सामाजिक विकास मन्त्रालयको सामाजिका विकास महाशाखाको हलमा कार्य प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम छ । महाशाखा प्रमुख अर्यालले गैरसरकारी महासंघमा आबद्ध सबै संस्थाहरुको कार्यप्रगति संकलन गरेर प्रतिवेदन प्रस्तुत गरिने बताइन् ।
अभियान अन्तरगत डिसेम्बर ३ तारिख अर्थात मंसिरको ७ गते अन्तराष्ट्रिय अपाङ्गता दिवस पर्ने भएकोले उक्त दिन अपाङ्ग महासंघ गण्डकी प्रदेशको आयोजनामा सरोकारवालाहरुलाई सहभागी गराएर दिवस मनाउने कार्यक्रम तय गरिएको छ ।
पोखराको ५ नं वडामा मंसिरको ८ गते, ७ नं मा मंसिरको १८ गते, ९ नं मा मंसिरको १४ गते, १० नं मा मंसिरको १३ गते, १४ नं मा मंसिरको १२ गते, १५ नं मा मंसिरको १७ गते र १७ नं वडामा मंसिरको १६ गते लैङ्गिक हिंसाविरुद्धको सचेतना कार्यक्रम तथा सेतो रिवन अभियान गरिने जनाइएको छ । मानवअधिकार रक्षक सञ्जालको आयोजनामा हुने उक्त कार्यक्रममा वडाका प्रतिनिधि सदस्यहरू महिला समुह, सरोकारवालाहरुको सहभागिता रहने जनाइएको छ । अभियानकै क्रममा नेपाल हाउसको आयोजनामा अभिभावकसँग लैङ्गिक हिंसासम्वन्धी मनोसामाजिक परामर्शका कार्यक्रमसमेत तय गरिएको महाशाखा प्रमुख अर्यालले जनाइन् ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१