पोखरा, २ मंसिर। प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चासे (पञ्चकोशी) को दक्षिणतर्फ रहेको पर्वत जिल्ला आर्थर डाँडाखर्क मूल घर भै पोखराका विभिन्न स्थानमा आई बसेका नागरिकको साझा संस्था पञ्चकोशी आर्थर डाँडाखर्क समाजको १९ औं वाषिर्कोत्सव आइतवार सम्पन्न भयो।
समाजको १० औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको सपथ ग्रहणसमेत रहेको कार्यक्रममा स्थापनाकालदेखि सेवा पुर्याएका पूर्व पदाधिकारी तथा विभिन्न क्षेत्रमा सफल समाजका परिवारका सदस्यलाई सम्मान गरिएको थियो।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा समाजका अध्यक्ष क्या. लालप्रसाद गुरुङले सम्मानपत्र, दोसल्ला र खादाले सम्मान गरेका थिए।
यसैगरी समाजको स्थापनाकालदेखि १८ वर्षसम्म नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष क्या. लालप्रसाद गुरुङलाई नवनिर्वाचित समितिबाट सम्मान गरियो। साथै पञ्चकोशी आमा समूहले उनको विशेष सम्मान गरेको थियो।
समारोहमा समाजका तर्फबाट न्यूनी आनी गुम्बालाई एक लाख एक् हजार एक सय रुपैयाँ सहयोग प्रदान गरिएको थियो।
त्यस अवसरमा प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अब सबैले विदेश ताक्न छोडी देशको आर्थिक विकासको अभियानमा सामेल हुनुपर्नेमा जोड दिए।
साथै, उनले नेपाल राष्ट्र एकीकरणदेखि नै गुरुङ जातिको योगदान ठूलो रहेको उल्लेख गर्दै अब राज्यमा आफ्नो भूमिका खोज्नुपर्ने बताए।
साथै उनले सरकारी कामकाजी भाषाको रुपमा गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई स्थान दिन सकिने बताउँदै आफ्नो भाषालाई बोलचालमा प्रयोग गर्न र लिपि बनाउन आग्रह गरे।
कार्यक्रमका अध्यक्ष तथा समाजका प्रमुख संरक्षक क्या लालप्रसाद गुरुङले आफ्नो कार्यकालमा भएका कार्यको जानकारी गराउँदै नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गरे। समाजका प्रमुख सल्लाहकार शेरबहादुर गुरुङले गतिविधिबारे प्रकाश पार्दै समाजले पञ्चकोशी मोटरबाटो निर्माण, पञ्चकोशी माविमा दश जोड दुर्इ कक्षा सञ्चालन, पोखरामा समाजको भव्य भवन निर्माणलगायत सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको उल्लेख गरे।
नवनिर्वाचित अध्यक्ष सर्इ कमल गुरुङले समाजले आफूलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै आफ्नो कार्यसमितिले पारदर्शी रुपमा काम गर्ने र पुरानो समितिले गरेका कार्यमा इटा थप्ने प्रतिबद्धता व्यक्त गरे। समाजका सल्लाहकार निर्वाचन समितिका संयोजक एव भूपू सैनिकका केन्द्रीय अध्यक्ष क्या. लालकाजी गुरुङले क्या लालप्रसादको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई पनि बधाई ज्ञापन गरे।
समाजका निर्वाचन समिति सदस्य एवम उपत्यका नगर विकास समितिका अध्यक्ष जीतबहादुर गुरुङले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए।
शुभकामना व्यक्त गर्दै महालक्ष्मी पैंकी लामा परिवारका अध्यक्ष देविराज गुरुङले समाजले छुट्टएिर रहेका दाजुभाइलाई जुटाउने कार्य गरेको उल्लेख गरे।
साथै उनले पहिचानको रुपमा पहिले पाएका सुविधासमेत संघियता आएपछि खोसिएको भन्दै ल्होसार बिदा नराखिएकोमा दुःख व्यक्त गरे।
समाजका उपाध्यक्ष सर्इ कमल गुरुङको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव नासु मेखबहादुर गुरुङले गरेका थिए। त्यस अवसरमा लिंकन कलेजका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१