हेमजा,२५ कात्तिक ।कास्की आदर्श सेवा समाज युर्एइको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह-आयोजनामा आइतवार हेमजामा सम्पन्न रक्तदान कार्यक्रममा २७ युनिट रगत संकलन भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पूर्णप्रसाद तिमिल्सीनाले रेडक्रस निःस्वार्थ भावनाले काम गर्ने संस्था भएको औँल्याउँदै रक्तदान कार्यक्रम तथा रक्तदाताको प्रशंसा गरे।
अध्यक्ष तिमिल्सीनाले संस्थाको दोस्रो साधारणसभा शनिवार पुम्दीभुम्दीमा गरिएको जानकारी दिदैँ उक्त सभामार्फत संस्थाले कास्की लगानी बोर्ड गठन गर्ने, उत्पादनमुखी साना उद्योग स्थापना गर्ने तथा महिलालाई पुरुषसरह बनाउन सुरुमा २० जनालाई सार्वजनिक सवारी चालक बनाउने संकल्प लिएको जनाए।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रेडक्रस कास्कीका उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेलले ‘रक्तदान जीवनदानः जीवनदान महादान’ भएको चर्चा गर्दै रेडक्रसले रक्तदान कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे। नियमअनुसार रगत दान गरे कोही पनि कमजोर नहुने बरु उल्टै धेरै फाइदा हुने उनको तर्क थियो ।
सो अवसरमा संस्थाका सल्लाहकार पुष्पराज अधिकारीले संस्थाको उद्देश्य तथा रक्तदानको महत्वमाथि प्रकाश पारे।
संस्थाका अध्यक्ष केदार कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव विकास अधिकारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१