अर्घौ सामाजिक सेवाको साधारण सभा

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७५

लेखनाथ, २५ कात्तिक। अघौ सामाजिक सेवा संस्थाको दोस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ।

पोखरा २६ र २७ मा स्थायी घर भई पेशा व्यवसायले बाहिर रहेका पूर्व कर्मचारी, राजनीतिक ब्यक्तित्व, सामाजिक कार्यकर्ता तथा उद्योगी व्यवसायीको साझा संस्था अघौ सामाजिक सेवा संस्थाले साधारण सभा मार्फत आफ्नो जन्मभूमिका लागि सक्दो सहयोग गर्न आब्हानसमेत गरेको छ।

कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, काँग्रेस नेता राजेन्द्रमणि लामिछाने, पूर्व क्षेत्रीय प्रशासक हरिकुमार श्रेष्ठ, प्रजातन्त्र सेनानी हिरामणि सुवेदी, न्यायाधीश बासुदेव न्यौपाने, सहसचिव कृष्णराज तिमिल्सेना, सामाजिक कार्यकर्ता रामप्रसाद तिमिल्सिना, रामकृष्ण जिसी र खगेन्द्रराज आचार्य लगायतले आ-आफ्नो जन्मभूमिको विकासका लागि जे जति सकिन्छ विकासका लागि आवाज उठाउनु पर्ने बताए ।

संस्थाका अध्यक्ष सूर्यबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शेखनाथ लामिछानेले आर्थिक प्रतिवेदन, उपाध्यक्ष हरिप्रिया पौडेलले स्वागत, सदस्य गणेशभक्त अधिकारीले धन्यवाद र सचिव धर्मदक्त बरालले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै