पोखरा, १५ कात्तिक। नेपाली काँग्रेस वडा इकाइ समिति, माछापुच्छ्रे गाउँपालिका-२, सार्दीखोलाले वीपी स्मृति भवन निर्माण गर्ने भएको छ।
नब्बे लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको ७० प्रतिशत काम पूरा भैसकेको निर्माण समितिले जनाएको छ।
भवन निर्माणका लागि बजेट अभाव भएपछि समितिले शनिवार कर्णास सांगीतिक साँझ कार्यक्रम आयोजना गरेको भुर्जुङखोलामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
कुल लागतमध्ये ३० लाख रुपैयाँको जग्गा स्थानीय समाजसेवी तथा सार्दीखोला गाविसका पूर्व अध्यक्ष आशबहादुर गुरुङले दान गरेका छन्। केही निर्माण सामग्री पनि सहयोग पाएकोले अब करिब १२ लाख रुपैयाँ खर्च अपुग भएको इकाइ सभापति गुञ्जमान गुरुले जानकारी दिए। ‘भवन निर्माणको काम अन्तिम चरणमा छ। केही बजेट नपुगेपछि सहयोग उठाउनकै लागि सांगीतिक कार्यक्रम गर्न लागेका हौं,’ उनले भने, ‘कार्यक्रमपछि उठेको रकमले भवनको निर्माण कार्य पूरा हुन्छ। केही महिनाभित्रै काम सकेर उद्घाटन गर्नेछौं।’
उनका अनुसार सांगीतिक कार्यक्रम भुर्जुङखोलास्थित गण्डकी रेन्वो ट्राउट फार्ममा हुनेछ। कार्यक्रममा निःशुल्क प्रवेश हुने र कार्यक्रममै उपस्थित भएकाहरुबाट स्वेच्छिक रुपमा रकम संकलन गरिने गुरुङले बताए। ‘हामीले निमन्त्रणा कार्ड पठाएका छौं। टिकट सिस्टम छैन,’ उनले भने, ‘कार्यक्रममा आएपछि स्वःस्फूत रुपमा सहयोग गर्नुहुन्छ। त्यही सहयोग रकमबाट भवनको बाँकी काम सक्ने हो।’
जतिसक्दो कम खर्चमा कार्यक्रम सकेर रकम धेरै बचाउने उनको भनाइ छ। भवनमा हाल इन्टरनेटको सुविधासहित पुस्तकालय, सेमिनार हल र कार्यालय रहने छ। भविष्यमा संग्रहालयको रुपमा स्थापित गर्ने लक्ष्य सहित काम अघि बढेको सभापति गुरुङले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१