लमजुङ, १५ असोज। सुन्दरबजार नगरपालिका- २, परेवाडाँडावासीले मदिरा र जुवातासविरुद्ध अभियान चलाएका छन् ।
समाजमा विद्यमान विकृति-विसंगति तथा आपराधिक घटना न्यूनिकरण गरी सभ्य समाज निर्माण गर्ने उद्देश्य साथ सो अभियान शुरु गरिएको वडाध्यक्ष जगतबहादुर खड्काले बताए।
उनका अनुसार जाँडरक्सी, जुवातास नियन्त्रणका लागि अभियान नै सञ्चालन गरिएको छ। उनले भने, ‘सामाजिक विकृति विसंगति न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि हामीले अभियान शुरु गरेका हौँ।
एकै व्यक्तिले तीन पटकभन्दा बढी रक्सी पिएको भेटिए ५ हजार जरिवाना तोकिएको छ। त्यसपछि पनि अटेर गरी नियम उल्लंघन गरे प्रहरीसमक्ष बुझाइने निर्णय गाउँले भेलाले गरेका छन् ।’
खड्काका अनुसार सम्पन्न भेलाले बिहान ५ देखि साँझ ७ बजेसम्म सार्वजनिक स्थलमा रक्सी किनबेच र सेवन गर्न नपाउने निर्णय गरेको छ।
अभियान क्रममा सामाजिक सचेतनाका लागि र्याली र कोण सभा समेत गरियो ।
‘कसैले नियम उल्लंघन गरे कारबाही हुन्छ,’ उनले सचेत पार्दै भने, ‘रक्सी पहिलोपटक बेचेको फेला परे ५ सय र पिउनेलाई एक हजार रुपैयाँ जरिवाना तोकिएको छ।’
स्थानीय कमला भुजेलले जाँचरक्सी सेवनकै कारण घरपरिवार, समाजमा अशान्ति फैलिएको घरेलु हिंसाका घटना बढेको बताइन्।
उनले भनिन्, ‘बिहान रल्लिएर, दिउँसो जुवातास खेलेर साँझमा रक्सी खाएर घरमा आउने र महिला, केटाकेटीहरुलाई कुटपिट गर्नेजस्ता घटनमा यो अभियानले कमी गराउनेछ।’
उक्त अभियानलाई तिलक स्मृति युवा क्लब, प्रगतिशील महिला सञ्जाल लगायत स्थानीयले साथ दिएका छन्। सो वडा जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेको गृहगाउँ समेत हो ।
Related News
सम्बन्धित समाचार
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१