वालिङ, १४ असोज । वालिङ नगरपालिका ११ बाहुन डाडाँमा योग शिरोमणि रामदेवका अनुयायी आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण सुबेदी महाराजलाई एक कार्यक्रमबीच स्वागत तथा अभिनन्दन गरिएको छ । वालिङ नगरपालिका, पतञ्जली योगपीठ स्याङ्जा, श्रवणकुमार प्रतिष्ठान र स्थानीय नागरिकले आचार्य बालकृष्ण महाराजको अभिनन्दन गरेका हुन् ।
आचार्य बालकृष्णले वालिङ क्षेत्रको विकास र विस्तार लागि गरेको सहयोगको उच्च मुल्यांकन गर्दै स्वागत तथा अभिनन्दन गरिएको आयोजकले बताएका छन् । अभिनन्दनमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अस्पताल नहुदाँ आयुर्वेद
बिधाले पुस्ता बचाएको बताइन् ।
उपचारको लागि मुख्य श्रोत आयुर्वेद शिक्षा भएको बताउदै मन्त्री अर्यालले बालकृष्णको आयुर्वेदको अभियानले मानबलाई निरोगी बनाउने काम गरेको धारणा व्यक्त गरिन् । आयुर्वेदको बिधीबाट रोगबाट नेपालीलाई मुक्त गराउनुपर्नेमा जोड दिदै मन्त्री अर्यालले सबै नेपाली घोलटापे्रेको प्रयोगमा पर्कनु पर्ने बताइन् । समृद्धि र विकासमा लागि नेपाल फर्केर केही गर्न आचार्य बालकृष्णलाई आग्रह गर्दै मन्त्री अर्यालले नेपालमा मात्रै आयुर्वेदको सोचले सार्थकता पाउने बताइन ।
मुलकको आवश्यकता आयुर्वेद चिकित्सा प्रद्धति भएको बताउँदै मन्त्री अर्यालले ३५ वर्षको असेटबाट वालिङवासीलाई मेटाउनुपर्ने बताइन् । आयुर्वेद र योगको विकासमा सरकार तल्लिन रहेको दाबी गर्दै मन्त्री अर्यालले आरोग्य नेपाल संस्था नेपालमा आयुवेद स्थापना गर्न अग्रसर रहेको जानकारी दिइन् । अर्यालले आयुर्वेदको क्षेत्रमा योजना र एजेण्डा बनाएर आएमा सरकारले पैसा हालेर काम सफल बनाउन लाग्ने बताइन् ।
कार्यक्रममा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजले नेपाली जस्तो इमान्दार बिश्वमै नभएको बताए । त्यसैगरी अभिनन्दित बालकृष्णले माया पाएको खण्डमा जडीबुटी, जवानी, जल, जंगल र जमिनको माध्यमबाट नेपालीहरुको मुहार फेरिदिने बताए । उनले नेपालमा धेरै सम्भावना रहेको बताउँदै नेपाल सरकारसँग पनि मिलेर काम गर्न आफू तयार रहेको बताए । कार्यक्रममा संघका सांसद मुकुन्द न्यौपाने, प्रदेश सांसद मोहन रेग्मी, वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँण, भिरकोट नगरपालिका प्रमुख छायाँराम खनाल, गुरुदत्त सुबेदीलगायतले मन्तब्य राखेका थिए ।
आचार्य बालकृष्णको पहल र सहयोगमा वानपा क्षेत्रमा ५ हजार रोपनीमा १६ अर्बको लगानीमा आयुर्वेद कलेज, रिर्र्सच सेन्टर, अस्पताल, सभाहल, होस्टल, जडिबुटी नर्सरी, बालउद्यान, ज्ञान पार्क खोल्ने तयारी गरिएको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१