पोखरा, ११ असोज । कालिका लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना ६१ जना शाखा प्रबन्धकलाई शाखा व्यवस्थापनको तालिम दिएको छ।
पोखरामा ३ दिनसम्म चलेको सो तालिममा ओम डेभलपमेन्ट बैंकका कर्जा असुली विभागका बुद्धिसागर भण्डारी, निक्षेप तथा कर्जा सुरक्षण कोष पोखरा शाखाका विदुर पराजुली, सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा आन्तरिक लेखापरीक्षण विभागका निर्मल गौतमले सहजीकरण गरेका थिए।
तालिम उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतले कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि यसप्रकारका तालिमलाई निरन्तरता दिनुपर्ने बताए ।
कुल ६१ वटा शाखा सञ्जाल विस्तार गरी लघुवित्त सेवा दिइरहेको सो संस्थाले चालु आवमा ९९ वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।
गत आवमा १ सय २० करोड रुपैयाँ’ लगानी रहेको कर्जा चाल आवके अन्त्यसम्म २ सय २० करोड रुपैयाँ लगानी पुर्याउने लक्ष्य राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले बताए।
नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको मान्यता प्राप्त भइसकेपछि देशभर सेवा विस्तार गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत बोहराले बताए।
कार्यक्रममा संस्थाका सञ्चालक बासुदेव पौडेल, केन्द्रिय कार्यालयका सूचना प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठ, प्रशासन विभागका भेषराज गैह्रे, लेखा विभागका अस्मिता शर्मा, कर्जा विभागका प्रकाशबहादुर बोगटी लगायतको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१