पर्यटन दिवसमा मिनी सडक महोत्सव

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७५
mini-mahosb

पोखरा, १० असोज। विश्व पर्यटन दिवस अवसरमा रेवान पोखराले बिहीबार मिनी सडक महोत्सव आयोजना गर्ने भएको छ।

रेवानले पत्रकार सम्मेलन आयोजना गरी दिएको जानकारी अनुसार लेकसाइड बाराहीघाटदेखि खहरेसम्म झण्डै १ किमी क्षेत्रमा महोत्सव तयारी गरिएको हो।

कार्यक्रम संयोजक एवं रेवान पोखरा उपाध्यक्ष लक्ष्मण बरालले महोत्सवमा विभिन्न देशका खाना, बृत्तचित्र प्रदर्शनी, नेपाली जातीय मौलिक सांस्कृतिक नृत्य, नेवारी तयामचा, पञ्चेबाजा तथा पप व्याण्डहरुको प्रस्तुति रहने जानकारी दिए। महोत्सव साँझ ५ देखि राति १२ बजेसम्म चल्नेछ।

पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी पोखरेल, उपाध्यक्ष गोपीबहादुर भट्टराई, रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङ लगायतले विश्व पर्यटन दिवसको महत्व र दिवसमा हुने विभिन्न कार्यक्रमबारे प्रकाश पारेका थिए।

कार्यक्रम संस्थाका महासचिव गणेश ढकालले सञ्चालन गरेका थिए। दिवसकै अवसरमा लायन्स क्लब अफ पोखराले हल्लनचोकमा बिहीबार रक्तदान कार्यक्रम गर्दैछ।उता, पोखरा पर्यटन परिषद्ले दिवस अवसरमा सो दिन विविध कार्यक्रम गर्दैछ।

पर्यटन यातायात समितिको संयोजनमा काहुँडाँडामा सूयोर्दय अवलोकन, पश्चिमाञ्चल होटल संघको संयोजनमा पोखरा विमानस्थलमा पर्यटक स्वागत, नाट्टाद्वारा पर्यटन बसपार्कमा पर्यटक स्वागत कार्यक्रम गरिने परिषद्का महासचिव डिल्लीप्रसाद गौतमले विज्ञप्तिमार्फत जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै