नेपाल विद्याभूषण प्राप्त नर्सको सम्मान

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
nurse

पोखरा, ६ असोज । लायन्स क्लब अफ पोखरा नर्सेजले त्रिवि स्नातकोत्तर एडल्ट नर्सिङ विषयमा विशिष्ट श्रेणीमा उत्तीर्ण भइ हालै राष्ट्रपति पदक नेपाल विद्याभूषण ‘ख’ बाट सम्मानित इश्वरी अधिकारीलाई बधाई तथा सम्मान गरेको छ ।

पोखरामा आयोजित समारोहमा उनीसहित हालैमात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अवकाशप्राप्त सिनियर नर्सेजहरु धनकुमारी बानियाँ र रुकमणि नेपाललाई पनि सम्मान गरियो ।

कार्यक्रममा न्यूटि्रवेड्ससम्बन्धी अभिमुखीकरण सोचाइ पोखराका लिड नर्सेज उषा घिमिरेले गरेकी थिइन् ।

लायन्स क्लब अफ पोखरा नर्सेजको चार्टर प्रेसिडेन्ट नीलम महर्जनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लब कोषाध्यक्ष नीशा श्रेष्ठले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै