पोखरा, १३ भदौ । आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन विहीवारदेखि शुरु हुँदैछ । सम्मेलनको एजेण्डा निर्धारण गर्दै बुधबार १६औ मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतमा सम्पन्न बैठकले यसअघि पदाधिकारी (परराष्ट्र सचिव) स्तरीय बैठकले तय गरेका एजेन्डामाथि छलफल गर्दै सम्मेलनका एजेन्डालाई मूर्तरुप दिएको हो। बैठकले शिखरसम्मेलनले जारी गर्ने घोषणापत्रको मस्यौदा स्वीकृत गरेको छ।
परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बिमस्टेकलाई आर्थिक समाजिक हितका क्षेत्रमा केन्द्रित गराउने विषयबस्तुमा छलफल केन्द्रित रहेको बताए।
मन्त्रिस्तरीय बैठकले विद्युतीय ग्रिडको अन्तरआवद्धताबारे शिखर सम्मेलनमा हुने संझौतापत्रमा हस्ताक्षर गर्ने एजेण्डा र त्यसको मस्यौदा स्वीकृत गरेको छ।
त्यस्तै बिमस्टेकका सबै सहयोगका क्षेत्रबारे समीक्षा गर्दै संगठनलाई अझ परिणाममूखी र प्रभाकारी बनाउने सहमति पनि भएको जनाइएको छ।
बैठकमा बंगलादेशका पराराष्ट्रमन्त्री अबुल हसन महमद अली, भुटानका विदेशमामिला सचिब सोनाम स्योङ, भारतका विदेश मामिला राज्य मन्त्री डा भिके सिंह, म्यानमारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री यु क्वाउ टिन, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रृलंकाका परराष्ट्रमन्त्री बसन्त सेनानायके, थाइल्याण्डका विदेशमन्त्री डोन प्रामुध विनयको सहभागिता थियो। १७ औ मन्त्रिस्तरीय बैठक श्रृलंकामा हुने तय भएको छ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१