पोखरा, ९ भदौ । पोखरा लामाचौरमा मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको हत्या भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्।
शनिबार भएको पोष्टमार्टमबाट पुष्पाको टाउकोमा रगत जमेको, छाती र फोक्सोमा चोट लागेको, आन्तरिक रक्तस्राव भएको र देब्रे खुट्टाको कुकुचा भाँचिएको पाइएको थियो।
पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार भएको नपाइएको प्रहरीले जनाएको छ। तर परिवारजनले भने पुष्पाको बलात्कार प्रयासका क्रममा हत्या भएको दाबी गरेका छन् । शरीरमा नीलडाम सहितका चोट भएकाले आफन्तजनले पुष्पाको हत्या भएको बताउँदै थप अनुसन्धान गरेर सत्य तथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने जनाएका हुन् ।
पुष्पाका काका ध्रुव केसीले भने, ‘घटनास्थलको दृश्य धेरै शंकास्पद छ। उचित छानबिन हुनुपर्छ हामीले न्याय नपाएसम्म शव उठाउँदैनौ।’
बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि कक्षा ६ मा पढ्ने पुष्पा केसी बिहीबार साढे ५ बजे विद्यालय बसबाट करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन्।
साँझसम्म उनी घर नआएपछि उनको खोजी गरिएको थियो। उनको शव शुक्रबार साँझ लामाचौर शैलजा स्मृति पार्कको पछाडिको भीर मुनी झाडीमा भेटिएको थियो।
घटनास्थलभन्दा करिब १ मिटर पर स्र्कर्ट र बेल्ट भेटिएको झार समातेर मडारिएको जस्ता दृश्यले पनि घटना रहस्यमय रहेको बताइएको छ ।
कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले घटनाको बारेमा थप अनुसन्धान गरिने प्रतिक्रिया दिए। पुष्पाका बुवा नृतेन्द्र केसी नेपाल आर्मीबाट अवकाशप्राप्त हवल्दार हुन् भने हाल उनी गण्डकी बोर्र्डिङमा सुरक्षागार्डको रुपमा कार्यरत छन् । उनका ३ छोरी र १ छोरा छन्। पुष्पा दोस्रो सन्तान हुन्।
यसैबीच कास्कीमा क्रियाशील विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
अखिल (क्रान्तिकारी) कास्कीका सचिव आस्था नेपाली, अनेरास्ववियु (क्रान्तिकारी) कास्की संयोजक सम्झना परियार, नयाँ शक्ति विद्यार्थी युनियन संयोजक विशाल तिमिल्सेना, नेपाल विद्यार्थी संघ सभापति विकास थापा, अखिल (छैटौ) अध्यक्ष दानबहादुर सारुले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै छानबिनको माग गरेका छन् ।
विन्ध्यवासिनी माविले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एक असल, इमान्दार र अनुशासित विद्यार्थी गुमाउनुपरेको जनाएको छ । उसले घटनाको सत्य, तथ्य यथाशीघ्र छानबिन गरी वास्तविकता पत्ता लगाई दोषी उपर कडा कारबाहीको माग गरेको छ ।
यस्तै, सामाजिक जागरणका लागि नारी अभियानकी संयोजक सुष्मा पौडेलले विज्ञप्ति जारी गरी घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेकी छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१