श्रीकृष्ण प्रणामी मन्दिरमा नियमित प्रवचन

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७५
parnami

पोखरा, ५ भदौ । विश्वशान्ति तथा आत्मकल्याण हेतु पोखरा-८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमद्वीतक तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम सञ्चालन भइरहेको छ।

श्रीकृष्ण प्रणामी साधनालय, श्री प्राणनाथ वाणी प्रशिक्षण केन्द्र रायगढ, भारतका सञ्चालक वाणी विशारद प्राचार्य महेन्द्र महाराजबाट भइरहेको संगीतमय कथा प्रवचन यही भाद्र १७ गते कृण्ण अष्टमीसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष तथा कार्यक्रम संयोजक लीलाम्बर सापकोटाले जानकारी दिए। मंगलवार महाराजको अस्वस्थताका कारण उपवाचक तथा मन्दिरका पूजारी श्यामदास कुँवरले प्रवचन गरेका थिए। त्यस अवसरमा कुँवरले सबैको लक्ष्य परमधाम रहेको र ब्रहमज्ञानबाट मात्र परमधाम प्राप्त गर्न सकिने बताए। मन्दिरमा साउन १६ गते पितृउद्धारका लागि १०८ आरती उतार्ने कार्यक्रम रहेको सचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए। कार्यक्रमको सञ्चालन सहसचिव देवीप्रसाद खतिवडाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width