विज्ञान शिक्षक समाजद्वारा हाजिरीजवाफ

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७५

पोखरा, ४ भदौ। विज्ञान शिक्षक समाज नेपाल कास्कीले विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगिता गरेको छ।

रेन्बो एकेडेमी कोलपाटनमा आयोजित प्रतियोगिताको पहिलो चरणमा ८५ स्कूलका एक सय ४६ टिम र दोस्रो चरणमा १६ स्कूल सहभागी थिए।

प्रतियोगितामा मेट्रोपोलिटन स्कूल प्रथम, मदरल्याण्ड स्कूल दोस्रो, डाइमन्ड स्कूल तेस्रो तथा धौलागिरी बोर्र्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गरेका छन्। पुरस्कृत विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।

कार्यक्रममा संयोजक सुनिल न्यौपाने, नेपाली भाषा शिक्षक परिषद्का डोलराज अर्याल, सामाजिक शिक्षक मञ्चका अध्यक्ष टेकनाथ पौडेल, सस्थाका सल्लाहकार पुष्प पौडेल, रेन्बो एकेडेमीका प्राचार्य बलराम बरालले बोलेका थिए।

विज्ञान शिक्षक समाज नेपाल कास्कीका अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव सुजन लम्सालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै