गाईघाटको बस्ती जोखिममा

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७५
ghaighat

पोखरा, ३ भदौ।फेवाताल किनार गाईघाटको सुकुम्वासी बस्ती जोखिममा परेको छ।

फिके खोलामा आएको बाढीले बस्ती छेउको धनमाया महर्जन र पूर्णबहादुर माझीको घर आडमै भङ्गालो बनाएपछि बस्ती जोखिममा परेको हो।

खोलाको पुछारमा थुप्रिएको माटो फाल्न लगिएको जेसिभी हिलोमा फसेकोमा निकाल्ने क्रममा तटबन्ध फोडिएपछि फिके खोलाको बाढी पसेको स्थानीय बाबुराम अधिकारीले जानकारी दिए। सम्बन्धित निकायसँग हार गुहार गर्दा उद्धारमा ढिलाई भएपछि स्थानीय वासिन्दा मिलेर शनिवार बोरामा माटो भरेर, रेलिङ बार राखेर खोलाको धार छेक्ने प्रयास गरिए पनि राती ढुक्क भएर सुत्ने अवस्था नरहेको अधिकारीले बताए।

राष्ट्रिय भूमि अधिकार मञ्चको टोलीले शनिवार बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width