बन्दले जनजीवन प्रभावित

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७५
banda

पोखरा, २९ साउन । नेत्र विक्रम चन्द नेपाल कम्युनिष्ट पार्टिे मंगलबार आहृवान गरेको नेपाल बन्दको कारण जनजीवन प्रभावित बन्यो । बन्दका कारण गण्डकी प्रदेशमा छिटपुट घटनाबारे कुनै अप्रिय घटना हुन पाएन ।

पोखरा तालचोकस्थित धर्मकाटा अगाडि पृथ्वी राजमार्ग सडकमा सर्वसाधारण तर्साने गरी बम राखिएकोमा सुरक्षाकर्मीले डिस्पोज गरेको छ । बिहान ११ बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरे पश्चात कालिभञ्ज्याङ गण, विजयपुरको बम डिस्पोजल टोलीले करिब १ घण्टामै सो शंकास्पद वस्तु पहिचान गरी डिस्पोज गरेको मेजर बलबहादुर थापाले बताए ।

बारुद बाहेक अधिकांश सकेट बममा प्रयोग हुने वस्तु प्रयोग गरी तर्साने गरी सडकमा भेटिएको शंकास्पद वस्तु होक्सबम भएको मेजर बताए। सोका कारण उक्त क्षेत्रमा स्थानीय त्रसित भएका थिए ।

विप्लव माओवादीको बन्दक्रममा यस्तो बम भेटिनु माओवादी कार्यर्कर्ताले नै गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

यता, बन्दका कारण पोखरा क्षेत्रमा सवारीसाधन, स्कूल, कलेज, उद्योगधन्दा, व्यापार व्यवसाय बन्द रहे । लामो तथा छोटो दुरीका सवारी नचल्दा सर्वसाधारणले दुःख पाए । निजी सवारीसाधन भने सडकमा बाक्लै चलेको पाइन्थ्यो । बिहान पानी परेकोले पनि सडक सुनसान जस्तै थियो । अप्रिय घटना हुन नदिन नगरका चोकचोकमा सुरक्षाकर्मी तैनाथ थिए । बेलुका ५ बजेपछि भने सवारीसाधन पूर्व रुपमा संचालनमा आए ।

बन्दको प्रभाव बागलुङ बजारमा पनि परेको छ । बन्दले सदरमुकाममा रहेका सामुदायिक तथा निजी विद्यालय दिनभर बन्द भए । बागलुङबाट चल्ने लामो दुरीको छोटो दुरीको कुनै पनि सवारीसाधन चलेनन् ।सामान्य रूपमा मोटरसाइकल भने चलिका थिए ।

सवारीसाधन नचलेपछि टाढाटाढा गन्तव्यमा जाने यात्रु मर्कामा परेका छन्। बन्दकै कारण बैंक तथा बित्तिय संस्था समेत प्रभावित बनेको छ।

प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने ३ जनालाई ललितपुरमा पक्राउ गरेको छ। पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दले बताए।

जिल्लाका ४ स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उनले बताए। बिहान ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो। दिउँसो कुपण्डोलमा नक्कली बम भेटियो ।

नेकपाका केन्द्रीय नेता खड्कबहादुर विश्वकर्मा लगायत आफ्नो नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आहृवान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width