हेमजा, २७ साउन । पोखरा-२५, हेमजास्थित रुद्रमहादेव टोलविकास संस्थाको तेस्रो साधरणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य दलबहादुर कुँवरले रुद्रमहादेव टोल विकास संस्था वडाकै नमुना टोल विकास संस्था रहेको दावी गर्दै वडाको विकासका लागि टोलविकास संस्थासँग वडा कार्यालय सहकार्य गर्न तयार रहेको भनाई राखे । सदस्य कुँवरले आफ्नो टोलका सबै क्षेत्रमा सडक बत्ती समेत जडान गर्न सफल भएकोमा सो टोल विकासलाई बधाई पनि दिएका थिए ।वडा सचिव इश्वरीप्रसाद बास्तोलाले उक्त टोलविकास संस्थाको कार्यप्रगतिको प्रशंसा गर्दै टोलवासीको क्षमता विकासका लागि पनि टोलविकास संस्थाले भुमिका खेल्नुपर्ने चर्चा गरे । सो अवसरमा टोलविकास समन्वय समिति हेमजाका अध्यक्ष तमबहादुर रोक्का, रुद्रमहादेव आमा समूहकी संयोजक सन्तोषी जिसी, पुरुष सदस्यको तर्फबाट घनश्याम सुवेदी, महिला सदस्यको तर्फबाट पार्वती बास्तोलालगायतले पनि भनाई राखेका थिए ।
कार्यक्रमका बीच सचिव दुर्गाभक्त सापकोटाद्वारा वाषिर्क प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष शुभकन्या गुरुङद्वारा आर्थिक प्रतिवेदन पेश गरिएको थिए । संस्थाका सहसचिव दयाराम बास्तोलाले स्वागत, उपाध्यक्ष कृष्णप्रसाद पहारीले धन्यवाद प्रकट गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा सचिव सापकोटाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१