लायन्स पिस टाउन र कारितासको सचेतना

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७५
Lions Club Khaireni Tar

पोखरा, १३ साउन । पोखरामा आइतबार रासायनिक विषादीले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने असरबारे सचेतनामूलक कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस टाउन र कारितास नेपाल पोखराले संयुक्त रुपमा पोखरा महानगरपालिका वडा नं ७ स्थित श्रीकृष्ण माविमा कार्यक्रम गरेकोे हो ।

कार्यक्रममा नाटकको माध्यमबाट विषादीले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने असर तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराइएको कारितास नेपाल पोखराकी प्रमुख शोभा आचार्यले जानकारी दिइन् । विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीले रुचिपूर्वक नाटक अवलोकन गरेका थिए ।

डिष्ट्रिक एड्भाइजर किशोर बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा श्रीकृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी, प्रधानाध्यापक केदारनाथ अधिकारीले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा पिस टाउनकी अध्यक्ष डा. बिनिता कोइराला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सिता तिमिल्सिना सुवेदीले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width