पोखरा, १० साउन । गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरे प्रवेशद्वारमा बुधबार राति झरेको खसेको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ। १ जना बेपत्ता छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोसी-४ का रेशम खड्का रसुवा गोसाइकुण्ड गाउँपालिका-१ थुमनका मिङमार गुम्बु तामाङ, गाउँपालिका-२ टिमुरेका दोर्जे वाङजु घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनी रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी भइरहेको छ। घाइते ५ जनाको थप उपचारका लागि काठमाडौं पठाइएको गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुपु तामाङले बताए। ७ जना घाइते भने सामान्य उपचारपछि घर र्फकेका छन्। पहिरोमा परी १२ जना घाइते भएका थिए।
स्थानीयवासीका अनुसार करीब ४ किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्र्नुका साथै ३ वटा छाप्रा होटेल र साना ठूला ४ वटा सवारीसाधन पूर्णरुपमा पुरिएको हो।
पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पुरेको छ। पहिरोका कारण विद्युत्, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए । सदरमुकामदेखि २५ किमी टाढा पार्ने घटनास्थलमा रातिदेखि नै उद्धार गरिएको थियो। बिहीबार बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
सदरमुकामदेखि टिमुरे जाने बाटोको ठाउँठाउँमा पहिरो खसेको छ ।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१