कराँते खेलाडी भारततर्फ

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७५

लमजुङ, १० साउन। लमजुङका कराँते खेलाडीले भारतको राजस्थान, जयपुरमा संचालन हुने थर्ड आइएमएएस् इन्टरनेश्नल कराँते च्याम्पियनसीप-२०१८ मा सहभागी हुने मौका पाएका छन्।

साउन १२ र १३ गते हुने सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका भोटेओडारस्थित मस्र्याङदी कराँते डोजोका ८ जना खेलाडी भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन्।

उनीहरूमा विकास गुरुङ, विक्रम घले, प्रियन्स परियार, सुनिल घले, कबिन गुरुङ, लाप्साङ गुरुङ, सलिना सुनार, सुरस्वती गुरुङ भएको वडाध्यक्ष मोत्रि्रसाद गुरुङले बताए।

साथमा प्रशिक्षक पे्रेमबहादुर गुरुङ, अफिसियल दानबहादुर परियार र भक्तराज गुरुङ छन्।

त्यसतर्फ प्रस्थान गर्नुअघि सुन्दरबजार नगरपालिका- ९ को कार्यालयमा आयोजित बिदाइ समारोहमा उनीहरुलाई सफलताको शुभकामना सहित बिदाइ गरिएको थियो।

कार्यक्रममा वडाध्यक्ष मोत्रि्रसाद गुरुङले खेलको माध्यमबाट जिल्लालाई चिनाउनुपर्नेमा जोड दिए। ‘खेल खेल्नु राम्रो हो। यसले स्वास्थ्यमा पनि फाइदा पुर्‍याउँछ’ उनले भने ।

सो कार्यक्रममा नगर सदस्य बुद्धकुमारी सुवर्णार, वडा सदस्य मानकृष्ण आचार्य, अमोल खनाल, भूपू सैनिक मावि भोटेओडारका निर्देशक खेम गुरुङ, ग्लोबल भिजन माविका प्रअ मेनबहादुर घले एवं अभिभावकले बिदाइ गरेका थिए।

खेलाडीले विभिन्न तौल तथा उमेर समूहकासँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक प्रेमबहादुर गुरुङले जानकारी दिए। प्रतियोगितामा नेपाल लगायत भारत, इरान, माल्दिभ्स, भुटान लगायत ११ देशका खेलाडीले भाग लिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width