ज्येष्ठ नागरिक मिलन केन्द्रद्वारा सम्मान

आदर्श समाज सम्वाददाता
असार ३१, २०७५
DSC01051

पोखरा, ३० असार । पोखरा महानगरपालिका वडा १० स्थित रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रले विभिन्न व्यक्तिलाई शनिवार सम्मान गरेको छ ।

केन्द्रले पोखरा-१० का वडाध्यक्ष राजकुमार गुरुङ, वडासदस्य नीशा मल्ल ठकुरी, प्रतिभा बिक पोखरेल, सम्मरबहादुर श्रेष्ठ र नेपाल राष्ट्रिय पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लिला जिसीलाई सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक ९६ वर्षीय गौप्रसाद गुरुङ र ८८ वर्षीया दीलमाया श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा वडाध्यक्ष गुरुङले ज्येष्ठ नागरिक मिलन केन्द्रको भवनका लागि जग्गा उपलब्ध गराउन र भवन निर्माणमा सक्दो सहयोग पुर्‍याउने प्रतिवद्वता व्यक्त गरे ।

नेपाल राष्ट्रिय पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लिला जिसीले ज्येष्ठ नागरिकका समस्या बुझेर ज्येष्ठ नागरिक केन्द्र संचालन गरिनु प्रशंसनीय भएको उल्लेख गरे ।

कार्यक्रममा वडासदस्य नीशा मल्ल ठकुरी र ज्येष्ठ नागरिक मिलन केन्द्रका परिकल्पनाकार महेश गुरुङले बोलेका थिए ।

रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष क्या. थमानसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङ भुजेलले स्वागत र महासचिव ज्ञानबहादुर थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width