पोखरा, ९ असार। ललितकुमार हेलकुमारी बाटाजु स्मृति संगीत पुरस्कार पोखराका युवा गायक विनोद बानियाँलाई प्रदान गरिएको छ।
बाटाजु परिवारले स्थापना गरी संगीत प्रशिक्षण केन्द्र पोखराले सञ्चालन गर्दै आएको सो पुरस्कारको राशि नगद ३० हजार सहित सम्मानपत्र र दोसल्ला छ।
पोखरामा शनिवार आयोजित कार्यक्रमबीच प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गायक बानियाँलाई पुरस्कृत गरे। बाटाजु परिवारले स्थापना गरेको ३ लाखको अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक २ वर्षमा संगीत क्षेत्रमा योगदान पुर्याउन स्रष्टा तथा संस्थालाई पुरस्कृत गर्ने गरिएको छ।
यसअघि सो पुरस्कार तबलावादक चन्द्रबहादुर बाटाजु, मृदङ्गावादक कृष्णबहादुर वैद्य, संगीतकार कृष्णबहादुर श्रेष्ठ र भैरव सांस्कृतिक संरक्षण समितिलाई पुरस्कृत गरिएको थियो।
सोही अवसरमा संगीत प्रशिक्षण केन्द्रको विशेष सम्मानबाट शास्त्रीय गायिका डा मितु पाललाई सम्मान गरिएको थियो।
नेपाल संगीतको श्रीवृद्विमा योगदान पुर्याएकोमा बानियाँलाई पुरस्कृत तथा शास्त्रीय संगीतको क्षेत्रमा योगदान पुर्याएकोमा डा पाललाई सम्मान गरिएको हो।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश ४ साहित्य क्षेत्रमा धनी रहेको उल्लेख गरे। उनले गीत/संगीत मानवीय जीवनको अभिन्न अंगजस्तै बनिरहेको बताए।
पुरस्कृत बिनोद बानियाँ र सम्मानित डा मितु पालले पुरस्कार र सम्मानले प्रेरित गरेको भन्दै गीत/संगीतको यात्रा जारी रहने उल्लेख गरे।
प्रतिभा छनोट समिति संयोजक साहित्यकार तीथ श्रेष्ठले सरकारले आर्थिक अभावका कारण गायन क्षेत्रबाट पलायन हुने अवस्था रोक्नुपर्नेमा जोड दिए। कार्यक्रममा कवि सरस्वती प्रतीक्षा, गायक कर्णदास, र्याण्डम रिड सोसाइटीका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले बोलेका थिए।
संगीत प्रशिक्षण केन्द्र पोखराका अध्यक्ष गौतम बिजुक्छेको अध्यक्षतामा भएको कार्यक्रम सचिव कृष्ण बाटाजुले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१