आधुनिक गीत ‘पागलसरी’ दर्शकमाझ

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७५
pagal sari

हेमजा, २८ जेठ। स्याङ्जा चापाकोटका यमबहादुर नेपालीले पहिलो कोशेली ‘पागलसरी’ आधुनिक गीतको भिडियो दर्शकमाझ ल्याएका छन् ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका संरक्षक भुवनेश्वर शर्मा पौडेलको प्रमुख आतिथ्यमा सो गीतको भिडियो विमोचन गरिएको हेा ।

निर्देशक लक्ष्मण ढुङगानाले माया प्रेममा हुने बिछोडको भावनालाई समेटी गीत निर्माण गरिएको चर्चा गर्दै गीतले मूलतः नेपाली युवाको भावना समेटेको जानकारी दिए।उनले गीतले पूर्ण सफलता पाउने विश्वास पनि व्यक्त गरे।

गायक एवं निर्माता यमबहादुर नेपालीले आफूले किशोरावस्थामा गीत रचना गरेको स्मरण गर्दै गीतले वास्तविक प्रेमको महत्व दर्साको उल्लेख गरे। नेपालीले गीत अवलोकन गरी यथार्थ प्रतिक्रिया दिन सम्पूर्णमा आग्रह पनि गरेका छन्।

गीतमा मोडल सन्दीप क्षेत्री र सोनिया गौतमले अभिनय गरेका छन्। जसमा नृत्य निर्देशक ध्रमेन्द्र पौडेल छन् भने नवीन केसीले खिचेका हुन् । गीतमा शम्भु श्रेष्ठको अभिनय छ। गीत निर्माणमा सुजन गुरुङले पनि साथ दिएको निर्माता नेपालीले जनाए।

भिडियोमा हेमजा, लामाचौर र लब्लीडाँडा क्षेत्रको सुन्दर दृश्य कैद गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै