पोखरा, १४ जेठ। पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर सदस्य तथा कर्मचारीलाई सहकारी अध्ययन अवलोकन भ्रमण गराएको छ।
जेठ ११ देखि १३ गतेसम्म भएको भ्रमणक्रममा बुद्धको जन्मस्थल लुम्बिनीका विभिन्न गुम्बा, सरोवर, मन्दिर लगायत ऐतिहासिक एवं पुरातात्विक स्थल भ्रमण गरिएको थियो।त्यस्तै, नवलपरासीस्थित शास्वतधाम हुँदै सौराहाका विभिन्न ठाउँको अवलोकन गरि चितवन, शारदानगरस्थित नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अन्तर्क्रिया गरिएको थियो। कार्यक्रममा बखान सहकारीका प्रबन्धक अर्जुन ढकालले नेपालमा सहकारीको उदयदेखी हालसम्मका गतिविधिबारे प्रष्ट पारेका थिए ।
पृथ्वी बहुउद्देश्यीय सहकारीका सचिव एवं कार्यक्रम संयोजक किरणप्रसाद बञ्जाराले नीति नियम र प्रविधिलाई आत्मसाथ गर्दै सहकारी सेवामुखी भएको उल्लेख गरे।
पृथ्वी सहकारीका प्रबन्धक मोहनप्रसाद अधिकारीले सहकारी मार्फत सदस्यको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र ठूला वित्तीय कारोबारमा सहकारी पनि सबल बन्न सक्ने बताए।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१